बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले बाढीपहिरोबाट पीडित भएकालाई राहत वितरण शुरु गरेको छ । केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएकालाई गाउँपालिको त्रिपाल र चामल वितरण गरेको हो ।
बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ । “कोही चर्चमा, कोही बालविकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्,” उहाँले भन्नुभयो ।
बाढीपहिरोले गाउँपालिकाभित्रका करिब एक सय ७२ घर जोखिममा परेको छ । बन्दीपुर–१, २, ३ र ४ मा बाढीपहिरोबाट क्षति पुगेको गुरुङले जानकारी दिनुभयो ।