म्याग्देका ३७ विपन्न परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका ३७ विपन्न परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    म्याग्दे : म्याग्दे गाउँपालिकाभित्रका ३७ विपन्न परिवारले राहत पाएका छन् । गाउँपालिकाकाे वडा नम्बर १ देखि ७ सम्मका विपन्न परिवारलाई राहत वितरण गरिएकाे हाे ।

    गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बन्दाबन्दीकाे समयमा काम नपाएर दैनिकी सञ्चालनमा समस्या परेकाकाे विवरण लिएर राहत प्रदान गरिएकाे बताउनुभयाे । रूम टु रिडकाे सहयाेगमा एक बाेरा चामल, ५ किलाे दाल, एक लिटर तेल, दुई किलाे चिउरा, दुई प्याकेट नुन र ६ वटा नुहाउने साबून प्रदान गरिएकाे छ ।

    गाउँपालिका भित्रका नागरिकहरूकाे दैनिक अवस्थालाई हेरी राहतका कार्यक्रम अन्तगत खाद्य सामग्री वितरण गरिएकाे उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।