पूर्व अर्थमन्त्री गुरुङकाे निर्वाचन क्षेत्रको विकास योजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्व अर्थमन्त्री गुरुङकाे निर्वाचन क्षेत्रको विकास योजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    तनहुँ : गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य किरण गुरुङको निर्वाचन क्षेत्रमा सञ्चालित विकास योजनाको शनिबार अनुगमन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरिएको हो ।

    भिमाद नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा सञ्चालित योजनाको अनुगमन गरिएको छ । भिमाद–१ स्थित बडहरभञ्ज्याङ बजार तथा विद्यालय क्षेत्र पक्की सडक निर्माण, भिमाद–९ भानुमतिस्थित स्थानीय जातका कुखुराको ह्याचरी तथा ब्रिडिङ केन्द्र अन्तर्गत कम्पाउण्ड, बाटो निर्माण, सोही वडाको नमूना कृषि गाउँको भवन, घिरिङ–५ स्थित कामधेनु माविको छात्रावास भवन र ऋषिङ–६ स्थित जैसीहटिया युवा क्लवको सांस्कृतिक भवनको अनुगमन गरिएको प्रदेश सभा सदस्य गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    No description available.
    No description available.

    बडहरभञ्ज्याङ तथा विद्यालय क्षेत्र पक्की सडक निर्माणका लागि रु २५ लाख विनियोजन भएको थियो । त्यसमा दश प्रतिशत लागत साझेदारी गरिएको थियो । स्थानीय जातका कुखुराको ह्याचरी तथा ब्रिडिङ अन्तर्गत कम्पाउण्ड, बाटो निर्माणका लागि रु २५ लाख, नमूना कृषि गाउँको भवन निर्माणका लागि रु १३, कामधेनु माविको छात्रावास निर्माणका लागि रु दश लाख र युवा क्लवको सांस्कृतिक भवन निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन भएको थियो ।

    No description available.
    No description available.

    अनुगमन गरिएका सबै योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबै योजना दुई चार दिनमा नै सम्पन्न हुनेछन् ।

    No description available.
    No description available.

    गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकको संयोजकत्वमा गरिएको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भिमाद नगरप्रमुख मेखबहादुर थापा, ऋषिङका उपाध्यक्ष गिनुमाया थापा, पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य किरण गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठ, पूर्वाधार विकास कार्यालयका अधिकृत दधिराज पौडेल, इन्जिनियर सुरज सुवेदी लगायतको सहभागिता थियो ।