शुक्लाका पहिरो पीडितलाई त्रिपाल र खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लाका पहिरो पीडितलाई त्रिपाल र खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    दुलेगौडा : अविरल वर्षासँगै आएको पहिरोबाट पीडित शुक्लागण्डकी-८ का दुई परिवारलाई खाद्यान्न र पॉच परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ ।

    पहिरोले घरसँगै खाद्यान्न र लत्ताकपडा पुरिएका मिलीजुली टोलका एक र अति विपन्न एक परिवारलाई एक महिनाका लागि पुग्ने गरी खाद्यान्न उपलब्ध गराइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    त्यस्तै छिमेकीको घरमा स्थानान्तरण गरिएका पॉच परिवारका लागि त्रिपाल उपलब्ध गराइएको छ । रेडक्रस सोसाइटी ढोरफिर्दीका सभापति विपिन्द्र सेनको उपस्थितिमा पीडित परिवारलाई सदस्य एवं मिलिजुली टोल विकास संस्थाका अध्यक्ष शिवकुमारी श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरिएको रेग्मीले जानकारी दिनुभयो ।

    “तत्कालका लागि चुल्हो बाल्ने प्रयास गरेका छौ, झरी रोकिनासाथ दीर्घकालिन समाधान खोजिनेछ,” उहॉले भन्नुभयो ।