दमौली : पौडी खेल्ने क्रममा करेन्ट लागेर व्यास-१० कुमालटारीमा एक बालक घाइते भएका छन् । मादी नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ वर्षीय सन्जिव दरै घाइते भएका हुन् ।
नदी किनारमा पौडी खेल्ने क्रममा विजुलीको पोल ढली करेन्ट लागेर दरे घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ ।