दमाैली : केही दिन अगाडी आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।
वर्षाले कयौ वस्तुभाउ, कुला, बाटाहरु क्षतिग्रस्त भएका छन् भने बुद्धसिं मार्ग अन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै व्यास नगरपालिका–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।
नगरपालिकाले वर्षाले पीडित भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मत सम्भार गर्न सकिने कुलाहरु मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिं मार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णय समेत भएको श्रेष्ठले बताउनुभयो ।
फाइल फाेटाे