प्रदेश सभा सदस्य कोइरालाको निर्वाचन क्षेत्रको विकास आयोजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्रदेश सभा सदस्य कोइरालाको निर्वाचन क्षेत्रको विकास आयोजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, मंगलवार

    दमाैली : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत व्यास नगरपालिका–५ र ६ मा सञ्चालित योजनाको अनुगमन गरिएको छ । प्रदेशसभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्र अन्तर्गत सञ्चालित दुई योजनाको मङ्गलबार अनुगमन गरिएको हो ।

    व्यास–५ स्थित भंगेरीमा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्र र व्यास–६ अम्रेनीस्थित गैरीगाढ कुलो मर्मतको अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उपज सङ्कलन केन्द्रको भवनको काम सन्तोषजनक पाइएको छ । तर गैरीगाड कुलो मर्मतको काम भने केही दिन अगाडी आएको बाढीले पूर्ण क्षति भएको छ । “९० प्रतिशत काम सम्पन्न हुँदै गर्दा बाढीले पूर्ण क्षति बनाएको जानकारी पायौ,” उहाँले भन्नुभयो ।

    प्रदेशसभा सदस्य सरिता गुरुङको नेतृत्वमा गरिएको अनुगमनमा प्रदेशसभा सदस्य कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पूर्वाधार विकास कार्यालयका अधिकृत दधिराज पौडेल, सव इन्जिनियर योगेश खवास लगायतको सहभागिता थियो ।