मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, मंगलवार

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त हुनुभएकाे छ । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। 

    लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुनुहुन्छ । अवकाशपछि उहाँ राजनीतिमा सक्रृय हुनुहुन्छ । उहाँ केही समय तनहुँकाे शिक्षा अधिकारी समेत हुनुभएकाे थियाे ।

    त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गर्नुभएका उहाँले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन्। मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ। राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ।