भौतिक रुपमै कक्षा ११ को परीक्षा लिने तयारीमा व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भौतिक रुपमै कक्षा ११ को परीक्षा लिने तयारीमा व्यास

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    दमौली : व्यास नगरपालिकाले कोरोना सङ्क्रमणका कारण रोकिएको कक्षा ११ को परीक्षा सञ्चालनको तयारी थालेको छ । सरकारले कक्षा ११ को परीक्षा सम्बन्धमा कुनै निर्णय नगरेपनि नगरपालिकाले भने परीक्षा सञ्चालनको तयारी थालेको हो ।

    नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै साउन ६ गतेदेखि परीक्षा सञ्चालनका लागि परिपत्र गरेको हो । एक बेन्चमा एक जना विद्यार्थीमात्र राखेर परीक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।