


एजेन्सी : अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।