


दमौली : तनहुँमा पसल खोल्ने समय बढाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको बुधबार बसेको बैठकले पसल खोल्ने समय थप एक घण्टा वृद्धि गरेको छ ।
यसअघि बिहान ८ देखि १ बजेसम्म पसल खोल्ने समय तोकिएकामा असार २५ गतेदेखि ९ देखि ३ बजेसम्म कायम गरिएको छ । खाद्यान्न लगायत अत्यावश्यक सेवाका पसल भने बिहान ५ देखि ११ बजेसम्म खुल्नेछ ।
यसैगरी सार्वजनिक सवारी बिहान ६ देखि सॉझ ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । सार्वजनिक सवारी जोरविजोर आधारमा चल्नेछन् ।

