


दमाैली : तनहुँको व्यास नगरपालिकाले व्यास पत्रकारिता पुरस्कारबाट ओमकार आचार्यलाई पुरस्कृत गरेको छ । समाचारको माध्यमबाट नगरपालिकाको विकासमा टेवा पु¥याए बापत नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान अध्यक्ष आचार्यलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
मादीसेती प्रवाह दैनिकका सम्पादक समेत रहनुभएका आचार्यलाई ३५ औं नगरसभाको अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त पुरस्कार प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशी नगद रु १० हजार र प्रशंसापत्र रहेको छ ।
विभिन्न मापदण्डको आधारमा उक्त पुरस्कारका लागि आचार्य छनौट हुनुभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । सिग्देलको संयोजकत्वमा शाखा अधिकृत मेघनाथ आचार्य र नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेल रहेको छनौट समिति गठन गरिएको थियो ।