आँबुखैरेनी दुर्घटना : मृतकका आफन्तद्वारा केहीबेर पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी दुर्घटना : मृतकका आफन्तद्वारा केहीबेर पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बुधबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मङ्गलबार सवारी दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार साँझ ६ः३० बजेदेखि केही बेर राजमार्ग अवरुद्ध गरेका हुन् ।

    आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध गरेपछि सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बिहीबार वार्ता गर्ने गरी राजमार्ग सुचारु भएकाे जानकारी दिनुभयाे ।

    आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ६ ख ६११८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ८ प ८३५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका थिए ।