बाढी पहिरोग्रस्त क्षेत्रको अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढी पहिरोग्रस्त क्षेत्रको अनुगमन

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–८ र १० मा बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमन गरिएको छ । बुधबार नगरप्रमुख किसान गुरुङको टोलीले यी दुई वडामा बाढीले धान खेत, , सडक, डहरेस्थित बाङ्गे खोला पुलमा पु¥याएको क्षतीको अनुगमन गर्नुभएको हो ।

    खोला नालाको अतिक्रमण नगरे बाढी पहिरोबाट अलिक कम क्षति हुने बताउनुभयो । उहाँले खोलाको मापदण्ड मिच्न नहुने बताउनुभयो ।

    पहिरोले रोकिएका मुख्य सडक खुलाउने प्रयास भईरहेको जानकारी दिनुभयो ।नगरप्रमुख गुरुङले नगरवासीलाई बाढी पहिरोले पु¥याएको क्षतिमा सक्दो मल्हम लगाउने उल्लेख गर्नुभयो ।

    अनुगमनमा नगर प्रवक्ता खिमबहादुर कुमाल, शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारी लगायतको जनप्रतिनिधी सहभागी हुनुहुन्थ्यो ।

    यी दुई वडाको हजारौँ रोपनी धान खेत बगर बनेको छ । तनहुँ र स्याङजलाई जोड्ने ढोरबाराही मार्गको मान्द«े–छब्दी खण्ड छियाछिया बनेको छ । नगरपालिकाले अबरुद्ध सडक खुलाएर सवारी आउजाउ गर्न मिल्ने बनाएको छ ।