तनहुँ : तनहुँको बन्दीपुर आसपास क्षेत्रमा बुधबार राति भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार राति १ बजेसम्म बन्दीपुर, विमलनगर आसपास भारी वर्षा भएको हो ।
थप वर्षा हुन सक्ने भएकाले सो क्षेत्रका स-साना नदीहरुमा आकस्मिक वहाव आउन सक्ने जनाइएको छ । तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । फाइल फोटो