अकलामा सडकमै खोला, यात्रु अलपत्र (फोटो/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अकलामा सडकमै खोला, यात्रु अलपत्र (फोटो/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    म्याग्दे : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा सडकमै खोला बगेपछि राजमार्ग अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण म्याग्दे खोला बढेर राजमार्गमै बगेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

    Video : Prakash Bk
    May be an image of tree, body of water and road
    May be an image of body of water

    राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि यात्रु अलपत्रमा परेको व्यास नगरपालिका–४ निवासी सुशान्त अधिकारीले जानकारी दिनुभयो । खोलाको बहाव नघटेकाले वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । वर्षा भइरहेको र खोलाको बहाव नघटेसम्म यात्रा गर्न कठिन रहेको उहाँको भनाई छ ।

    Video : https://fb.watch/v/1qPXB2wO7/

    थर्पुमा सुचारु

    यस्तै म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजारमा खोलाले बगाएर ल्याएको गेग्रान थुपिँदा अवरुद्ध भएको सडक सुचारु भएको छ । जेसीभीले गेग्रान हटाएर बिहान ९ः४५ देखि राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।