म्याग्दे खोलाले बगाएर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे खोलाले बगाएर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, बिहीबार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता भएका हुन् ।

    म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीय युवा नुक्त भुजेलले जानकारी दिनुभयो । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । “प्रहरी र स्थानीयवासीले उहाँको खोजी शुरु गरेको छ,” भुजेलले भन्नुभयो ।