पहिराले पुरिएर ऋषिङमा महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पहिराले पुरिएर ऋषिङमा महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    दुलेगाैडा : तनहुँको ऋषिङ गाउँपालिका–७ दधिवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिनुभयो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो,” उहाँले भन्नुभयो, “मृतकको शव निकाल्न सकिएको छैन ।”

    पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ ।

    पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखा सभापति इन्द्र आलेले जानकारी दिनुभयो । उहाँका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुइ घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् । त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।