बन्दीपुरमा बाढीले ७२ घर विस्थापित (तस्वीरहरु सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा बाढीले ७२ घर विस्थापित (तस्वीरहरु सहित)

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    बन्दीपुर : बुधबार रातिदेखि परेको भीषण वर्षापछि आएको बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन् ।

    तनहुँको बन्दीपुर गाउँपालिका वडा नं २ खहरे, धारापानी, वडा नं ३ रामकोट, वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घर पूर्ण क्षति र ९ घर आंशिक क्षति भएको र २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा ७ घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेको छ ।

    May be an image of outdoors and tree
    May be an image of one or more people, people standing, tree and road

    विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । “घरभित्र पानी पसेर कतिपय सामग्री पनि क्षति पुग्यो, बचेका सामग्री सहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौ,” गुरुङले भन्नुभयो ।

    May be an image of standing and body of water
    May be an image of 2 people, people standing, tree and outdoors
    May be an image of tree and body of water