लागुऔषध र अभद्र व्यवहारका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध र अभद्र व्यवहारका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    तनहुँ : प्रहरीले लागुऔषध र अभद्र व्यवहार मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालतबाट कैद र जरीवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

    लागुऔषध मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई जिल्ला अदालत तनहुँले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरीवानाको फैसला सुनाएको थियो ।

    अभद्र व्यवहार समेत विविध मुद्दाका फरार शुक्लागण्डकी नगरपालिका–९ घारी बस्ने २५ वर्षीय अर्जुन भुजेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालत तनहुँले विसं २०७७ चैत २६ गते एक महिना २६ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।

    पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि अदालत उपस्थित गराइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले विशेष प्राथमिकता दिएको छ ।