आवागमन सहज बनाउन छाब्दीखोलामा ह्युमपाइप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आवागमन सहज बनाउन छाब्दीखोलामा ह्युमपाइप

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा तत्काल आवागमन सहज बनाउन ह्युम पाइप राख्न शुरु गरिएको छ । गत बुधबारको बाढीले पुल बगाएर सर्वसाधारणलाई आवतजावतमा समस्या भएपछि व्यास नगरपालिकाले ह्युम पाइप राख्न तयारी शुरु गरेको हो ।

    बेलिब्रिज निर्माण नहुँदासम्मको अवस्थामा आवागमन सहज बनाउन ह्युम पाइप राख्न शुरु गरिएको व्यास नगरपालिका–१ का वडा सदस्य चुडामणि दाहालले जानकारी दिनुभयो । “पुल भत्किएपछि सर्वसाधारणलाई वारपार गर्न नै समस्या भयो, ह्युम पाइप हालेर केही सहज बनाउन शुरु गरेका छौ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको बजेटबाट बेलिब्रिज निर्माणको काम पनि छिट्टै शुरु हुन्छ ।”