खहरेका बाढीपीडितलाई बन्दीपुरको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    खहरेका बाढीपीडितलाई बन्दीपुरको राहत

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    तनहुँ : बाढीपीडितलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । बन्दीपुर-२ खहरेका बाढीपीडितलाई गाउँपालिकाले बिहीबार खाद्यान्न, कम्बल र त्रिपाल वितरण गरेको हो ।

    बुधबार रातिदेखि परेको वर्षाले खहरेखोला बढेर यहॉका घरमा क्षति पुर्याएको छ । तत्काल सम्बोधनका लागि दश परिवारका लागि ६ बोरा चामल, १२ थान कम्बल र १० थान त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

    घर छाडेर समूहको भवनमा आश्रय लिएका परिवारलाई राहत वितरण गरिएको उहॉले बताउनुभयो । उहॉका अनुसार बस्ती सुरक्षित गर्नका लागि खोला व्यवस्थापन गरिएको छ । बाढीले खहरेमा ४८ घर जोखिममा परेको छ ।

    अझै पनि वर्षाको सम्भावना रहेकाले जोखिम क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।