पालिकाको विपद् कोषमा गण्डकी सरकारले ५ लाख निकासा गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पालिकाको विपद् कोषमा गण्डकी सरकारले ५ लाख निकासा गर्ने

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    पाेखरा : गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम निकासा गर्ने निर्णय गरेकाे छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी दिनुभयाे । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनर्स्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो। चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ।

    अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस् भनेर उक्त रकम दिने निर्णय गरिएको प्रवक्ता खड्काले बताउनुभयाे ।