आजदेखि तनहुँमा सार्वजनिक यातायात सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजदेखि तनहुँमा सार्वजनिक यातायात सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, शुक्रबार

    दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण बन्द रहेका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको निर्णय अनुसार जोर विजोर प्रणालीबाट आजदेखि सार्वजनिक सवारी सञ्चालन भएका हुन् ।

    निषेधाज्ञाका कारण गत वैशाख २२ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएको थियो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सिट सङ्ख्या भन्दा थोरै यात्रु राखेर सवारी सञ्चालन गर्न अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । केन्द्रले आजदेखि थप सात दिन निषेधाज्ञा लम्ब्याएर असार ३१ गतेसम्म पु¥याएको ।

    आजदेखि पसल खोल्ने समयावधि पनि बढाइएको छ । फलफूल, खाद्यान्न, तरकारी, दूध र दूग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना पशुपंक्षीको औषधी विक्री गर्ने पसल विहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने अत्यावश्यक बाहेका अन्य सबै प्रकारका व्यवसाय बिहान ९ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि बिहान ८ बजेदेखि १ बजेसम्म मात्रै पसल खोल्ने अनुमति थियो ।

    यस्तै होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरि विक्री गर्न मात्र अनुमति दिइएको छ । बैङ्क तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारीको उपस्थिति गराई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न पाइनेछ ।

    नीजि सवारी साधनहरु भने यस अघि नै जोरबिजोर रुपमा सञ्चालन भइसकेको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी घर, हेल्थ क्लव, व्युटी पार्लर, सैलुन, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद तथा भौतिक रुपमा हुने तालिम, प्रशिक्षण र सेमिनार भने सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।