तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले कामबाटै जनतालाई प्रहरीप्रतिको विश्वास अनुभूति गराउने बताउनुभएको छ । तनहुँ प्रहरीको कमाण्ड सम्हालेपछि पहिलो पटक पत्रकारहरुँसग कुराकानी गर्दै मैनालीले उक्त कुरा बताउनुभएको हो ।
“प्रहरीको काम जनताले बिस्तारै देख्दै जानेछन्, एक/दुई गर्दै काम देखिदै जान्छ,” उहॉले भन्नुभयो। मैनालीले अवैध नदी दोहन नियन्त्रण, शान्तिसुरक्षा कायम, अपराध न्यूनीकरण लगायत आफ्नो प्रमुख कार्ययोजना रहेको प्रष्ट्याउनुभयो ।
जिल्लाका सञ्चारकर्मीसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै उहॉले सूचना प्रवाहलाई थप परिस्कृत गरिने उल्लेख गर्नुभयो। प्रहरी एक्लैले मात्र चाहेक सबै काम गर्न नसकिने भएकाले समुदायको पनि उत्तिकै सहयोग आवश्यक रहेकामा उहॉले जोड दिनुभयो।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले सञ्चारकर्मीलाई जतिसक्दो चॉडो सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।