दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरा खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरासँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।
पहिरा हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरा खसेको बताइएको छ ।
ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।
तस्वीर : अनिल अधिकारी