दमौली : एलायन्स क्लब अफ तनहुँको शुक्रबार दमौलीमा पदस्थापना गरिएको छ । वर्ष सन् २०२१/२२ का लागि अध्यक्ष सुदीप पौडेललाई निर्वतमान अध्यक्ष जमुना जोशीले निर्णय पुस्तिका प्रदान गरी पद हस्तान्तरण गर्नुभयो ।
सन् २०२१/२२ का लागि प्रथम उपाध्यक्षमा विनय राउत, द्वितीय उपाध्यक्षमा रोशन शर्मा, सचिवमा अमित कैनी, कोषाध्यक्षमा अजित पन्थ, सहसचिवमा जोहर मिया, सहकोषाध्यक्षमा केसवती दुरा,जनसम्पर्क अधिकारीमा अमरराज नहर्की, क्लव सर्भिस डाइरेक्टरमा सन्तोष श्रेष्ठ, स्वास्थ्य विभाग प्रमुखमा कृष्ण गिरी, प्रमोसन अफिसरमा विशालकुमार, मेम्बरसिप ग्रोथ अफिसरमा मिनेन्द्र श्रेष्ठ, फेलोसिप अफिसरमा परशुराम ढुङ्गाना र सम्पादकमा अर्जनु पौडेल रहनुभएको छ ।
क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाइलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहका लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्राछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गर्दै आएको छ । वर्ष २०२१/ २२ का नवनियुक्त अध्यक्ष सुदिप पौडेलले आगामी दिनहरुमा युवाहरुलाई लक्षित गरि नेतृत्वविकास तालिम लगायत सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो ।