कालिका जङ्गल पार्कमा डस्टवीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कालिका जङ्गल पार्कमा डस्टवीन

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७८, शनिबार

    दमौली : लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका जङ्गल पार्कमा डस्टवीन व्यवस्थापन गरेको छ । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित पार्कमा फोहरमैला व्यवस्थापनका लागि शनिबार डस्टवीन राखिएको हो ।

    व्यास नगरपालिकाको सहयोगमा त्यस क्षेत्रमा दश वटा डस्टवीन राखिएको क्लवका अध्यक्ष सुनिल मिश्रले जानकारी दिनुभयो । उहॉका अनुसार दमौली अस्पताल प्रवेश गेट जेसीस धारा नजिक पनि एक थान डस्टवीन राखिएको छ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले युवाहरुको रचनात्मक र सामाजिक काममा लाग्नु सकारात्मक रहेको बताउनुभयो ।