ऋषिङ पहिरा पीडितलाई राहत सङ्कलन शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ पहिरा पीडितलाई राहत सङ्कलन शुरु

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७८, बुधबार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा असार २४ गते गएको बाढीपहिराबाट पीडित भएकालाई राहत सङ्कलन शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाको संयोजनमा पहिरा पीडितलाई सहयोगका लागि राहत सङ्कलन शुरु गरिएको हो ।

    पहिरामा पुरिएर ऋषिङ–७ र ८ मा एक÷एक जनाको मृत्यु भएको छ । साथै पहिराले गाउँपालिकाभित्रका थुप्रै घरमा क्षति पुगेको छ । पीडित परिवारका लागि राहतका लागि रकम जुटाउन शुरु गरिएको रेडक्रस कोटदरवार उपशाखा सभापति इन्द्र आलेले जानकारी दिनुभयो ।

    यस अभियानमा तनहुँ उद्योग वाणिज्य सङ्घले रु २० हजार, दमौली बजार एकाईले रु १५ हजार, व्यास–२ निवासी अशोककुमार श्रेष्ठले रु सात हजार, कोटदरवार उपशाखाले रु दश हजार, उपशाखा सभापति इन्द्र आलेले रु दश हजार सहयोग गर्नुभएको छ । त्यस्तै जिल्ला समन्वय समिति तनहुँमार्फत् २० थान त्रिपाल र १५ प्याकेट चाउचाउ सहयोग जुटेको छ ।

    उपशाखाको समन्वयमा घर पूर्ण क्षति हुनेलाई लत्ताकपडा, भाडाकुडा, ३० केजी चामल, तेल एक लिटर, दुई किलो दाल, एक केजी नून वितरण गरिएको छ । उपशाखाले ऋषिङ–५, ६, ७ र ८ मा राहत वितरण गरेको छ भने अन्य वडामा पनि क्रमशः वितरण गरिने जनाएको छ ।