बन्दिपुर : २०२५ सालपछि एउटा उखान बनेछ, ‘अब डाँडा र राणाकोे दिन गए’ । जहाँनीया राणा शासनको अन्त्य त पहिल्यै भइसकेको थियो । राणाहरु कमजोर हुँदै थिए । डाँडाको व्यापारको साम्राज्य पनि भत्किएको थियो । भारत र तिब्बत (भोट)लाई जोड्ने व्यापारिक गढी बन्दीपुर बजारको व्यापार पनि ओरालो झ¥यो । फाँटहरुमा भने व्यपारको चक्र फस्टाउन थाल्यो ।
०००
गुजुमुजु भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । शान्त बजार । बजार बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटरगाडी गुडाउन बन्देज छ । बुट्टा भरेका आँखीझ्याल । भीमसेनको मन्दिर ।थानीमाई, खड्गदेवी । तीनधारेको चिसो पानी ।
१०३० मिटरको उचाईमा फराकिलो टुँडीखेल । टुँडीखेलबाट उत्तरतर्फ फर्कदा प्रस्ट देखिन्छ अन्नपुर्ण,धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा ।मस्र्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिमचुचुराबाट आएका हावाको झोक्काले मुटु कमाउँछ । यिनै विशेषताले २५० वर्षे लामो इतिहासमापहिले व्यापारिक गढीकहलिएको बन्दीपुरअहिले पर्यटकीय सहर बनेको छ ।घुम्न आउने घुमन्तेले नै यो शहरलाई उपमा दिएका छन्, ‘पहाडकी रानी’, जुन विश्वभर प्रख्यात छ ।
०००
भनिन्छ बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैले मगर भाषामै नामकरण भएछ । जंगलमा पानी भएकाले बन्दीपुर । ‘वन’ भनेको जंगल ‘डि’ भनेको मगर भाषामा पानी।
घाँसे मैदानमा भएको डाँडोमा पछि लमजुङका गौलीहरु आएर वस्तुभाउ पाल्न थालेछन् । भट्टराई भण्डारीको पनि थलो भनिन्छ ।त्यसपछि पाल्पाका राजा मणिमुकुन्द सेनको नजर प¥यो। तनहुँलाई राजधानी बनाएर बन्दीपुरलाई छोटी राजधानी बनाइशासन थाले मणिमुकुन्द सेनले ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण थाल्दै थिए ।गोरखाबाट मस्र्याङ्दी पूर्वतर्फका राज्यमा उनको बहादुरी हावी हुदै गयो । पश्चिमतर्फका राज्य पनि कब्जा गर्दैै गए । काठमाडौं आक्रमणको बेला बन्दीपुर उक्लिए,भक्तपुरे नेवारहरु । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । नेवारी कला र संस्कृतिले सिंगारे बन्दीपुरलाई । नेवारहरुले जानेकै व्यापार गर्न, बन्दीपुरमा पनि सुरु भयो व्यापारको खेती । डाँडाकाडामा कपासको खेती गरे । इस्ट इन्डिया कम्पनीसित बन्दीपुरे नेवारले सम्पर्क गरे । विरगञ्जको छोटी अड्डा हुँदैमाल ल्याएर बेच्न थाले ‘नुन देखि सुनसम्म’ ।
तनहुँ, गोरखा, धादिङ, लमजुङ, मनाङ, कास्कीको मुख्य बजार थियो बन्दीपुर । बाग्लुङको बुर्तीबाङ हुँदैरुकुम रोल्पासम्म पनि बन्दीपुर हुँदै मालसामान लैजान्थे । रगतमै व्यापार भएका नेवारहरुले बन्दीपुरलाई चम्काए । भारत र तिब्बतलाई कनेक्ट गर्ने व्यापारिक गढी बनाए बन्दीपुर ।
बन्दीपुरको इतिहासबारे जानकार मणिकुमार प्रधान सुनाउँछन्, ‘भारतबाट नुनदेखि सुन ल्याएर बेच्थे । कस्तुरी, बोझपत्र, बाघका छाला, भालुका पित्त तिब्बत मनाङतिरबाट ल्याउने गरेको सुनिन्थ्यो ।’प्रधानका अनुसार व्यापारी र भरियाको लावालस्कर हुन्थ्यो बन्दीपुरमा ।
‘बटौलीतिरको बाटो तताएका र मालसामान बोकेर फर्किएकाको २ लाइन हुन्थ्यो । व्यापारी र भरियाको लाइनबाट जो निस्किन्थो उ २ दिन ढिलाहुन्थे रे !’ मणिकुमार भन्छन् । भारततिर गल्लासँग छाती नपाउन जानेहरु पनि बन्दीपुरे उकाले चढेर बटौलीतिर झर्थे । व्यापारीका भारी बोक्नेहरु बन्दीपुर नजिकका धरमपानी, छिम्कालेक, केशवटार, सेतीपारी छिपछिपेका हुन्थे । मनाङतिरबाट बन्दीपुर किनबेच गर्नआउजाउ गर्नेहरु घोडा खच्चड प्रयोग गर्दा रहेछन् । घोडा खच्चडको ताँती हुन्थ्यो ।
बन्दीपुर चम्किरहँदा दक्षिणको नारायणगढको अस्तित्व थिएन। बन्दीपुरे हिउँदमा व्यापार गर्न नारायणगढ ओर्लिन्थे । बर्खामा औलोको भयंकर डरले फेरी बन्दीपुर उक्लिन्थे । अहिलेको गण्डकी प्रदेशको राजधानी पोखरा बन्दीपुरको दाँजोमा थिएन, पुगेन ।
साम्राज्य भत्किएको याम …
चम्किरहेको बन्दीपुरको व्यापारिक साम्राज्य २०२५ सालपछि भने भत्कियो । बन्दीपुरको सदरमुकाम सबैलाई पायक पर्नेगरी दमौलीमा स¥यो । बन्दीपुरको व्यापार पनि ओराली लाग्यो । ठूला व्यापारी चितवनतिर झरे । साना व्यापारी डुम्रे, विमलनगर, दमौलीतिर ।व्यापारी मात्रै होइन् काम गरेर गुजारा चलाउनुपर्नेले पनि थातथलोलाई चटक्कै माया मार्नुपर्ने बाध्यता आइप¥यो ।
एकातिर सदमुकाम सरेको थियो । अर्कोतिर २०२६ सालमा पृथ्वीराजमार्गको रेखांकन भएपछि त बन्दीपुरे उकालो चढ्नुपर्ने बाध्यता किन रहन्थ्यो र?गुल्जार बन्दीपुर एक्लियो, सुनसान भयो ।
‘त्यसपछि त बन्दीपुर एकदम सुस्त हुँदैगयो । व्यापारमा जिल्लाका मान्छेहरु नआउने । दोस्रो, २६ सालदेखि पृथ्वीराजमार्गको नक्सा रेखांकन भयो र मोटर चल्न थाल्यो । डाँडामा कुनै किसिमको विकास हुन सकेन। त्यहीबेला होडाँडा र राणाको दिन गए भन्ने उखान बनेको पनि,’ प्रधान भन्छन् ।
२०२८ सालपछि त बन्दिपुर भग्नावशेष भूतबंगला जस्तै बन्यो । ९० प्रतिशत यहाँबाट बसाइँ झरेका थिए । मणिकुमारले सुनाए, ‘यहीजन्मिए अब यहीमर्छु भन्नेहरु बाहेक सबै झरे ।’ बुढापाका घर रुँघेरबसे । जो शारीरिक र आर्थिक अवस्थाले बन्दीपुर छाडेर काम गर्न सक्थेनन् उनीहरुको मात्र पाइला रोकियो । घुमफिर बन्दीपुर पुस्तकका लेखक चिजकुमार श्रेष्ठको शब्द सापट लिने हो भने व्यापारले चम्किएको बन्दीपुर ‘मृत सहर’ मा परिणत भयो ।
त्यसपछिका२ दशक बढी बन्दीपुर एक्लियो । थातथलो छाडेकाले बरु विरानो शहरलाई आफ्नो बनाए । परिश्रम र पसिना सिञ्चित गर्दैचितवनको नारायणगढ, डुम्रे, विमलनगर, दमौली बजारमा व्यापारको जग बसाले । यी बजारहरु गुल्जार बन्दै थियो, बन्दीपुर भनेएक्लो । बन्दीपुरे उकालो चढ्ने चेष्टा कसैले गरेनन् ।
..तर, पनि ‘बन्द’ रहेन बन्दीपुर
२०४९ सालमा काठमाडौं बस्ने बन्दीपुरे जुर्मुराए । पिकनिकको वाहनामा भेला भए ८०÷८५ जना बन्दीपुर मुल थलो भएकाहरु । मृत सहर बन्दीपुरको सुधारका लागि केही त गर्नुपर्छ भन्ने साझा उदेश्यले उनीहरु भेला भए ।
शिक्षा, स्वास्थ्य र पर्यटनलाई फोकस गर्नेगरीचिजकुमार श्रेष्ठको नेतृत्वमा बन्दीपुर सामाजिक विकास समिति गठन भो, त्यो बेला। संस्थाले काठमाडौंमा भएकालाई कम्तीमा वर्षको एक पटक बन्दीपुर पुग्नुपर्ने बाध्यकारी नियम बनायो । ‘बन्दीपुर फर्कदा हरेकले आफ्नो खुबी अनुसार केही गरौं भन्ने निर्णय भयो । डाक्टर छ भने निशुल्क क्याम्प गर्ने । शिक्षकले पढाउने । महिलाहरुले महिला सशक्तिकरण बढाउने भन्ने थियो’, चिजकुमार सम्झन्छन् ।
२०५३ सालमा नेपाल सरकारले पर्यटनको अवधारण बनायो । त्यसैको आधारमा ‘इको टुरिजम बन्दीपुर’ प्रोजेक्ट सुरु भयो। ‘इको टुरिजम बन्दीपुर’ प्रोजेक्टले बन्दीपुरका पुराना पुरातात्विक महत्वको घरको संरक्षण थालेको चिजकुमार श्रेष्ठ बताउँछन् ।
‘त्यस बखतसम्म बजारभित्रै ट्याक्टर, ट्रक बस सबै जान्थ्यो । पहिला छापिएका ढुंगा पनि खत्तम’थ्यो । बर्खामा हिलैहिलो, हिउँदमा धुलो हुन्थ्यो । त्यस्तो अवस्था भएपछि यहाँ पूरै ढुंगा छाप्ने, गाडीहरु बन्द गर्ने भन्यौं । सुरु–सुरुमा त खुब विरोध सहनुप¥यो,’ सम्झन्छन्, ‘आफ्नै घरअगाडि आफ्नै गाडी किन ल्याउन नपाउनु भनेर विरोध पनि गरियो । काम गर्न माओवादीको साहरा लिन बाध्य भयौं ।’ सशस्त्र माओवादी जनयुद्ध उकालो लागिरहेको समयमा माओवादीकै साथ लिएपछि विरोध गर्नेहरु शान्त भएको उनले सुनाए ।
पछि तिनै पुरातात्विक महत्वका घरको संरक्षण हुँदा विदेशी पर्यटक भित्रन थाले, मन पराउन थाले । हरिकुमार श्रेष्ठको ‘बन्दीपुर पर्यटन अतिथि गृह’ स्तरीय होटलमा गनिन्थ्यो । बन्दीपुर मृतशैड्ढयाबाट बौरिदा भने त्यो बन्द भइसकेको थियो ।
फ्याट्टफुट्ट पर्यटक भित्रन थालेपछि सन्तकुमार श्रेष्ठले माउन्टेन भ्यु रिसोर्ट खोले । बन्दीपुरबाट झरेर सौराहमा होटल चलाएका सन्तकुमारले बन्दीपुर पर्यटनमा फस्टाउने दूरदर्शी दृष्टिले नियालेर लगानी खनाए । त्यो बखत त्यहाँ ३/४ वटा चिया पसल पनि थिए । पछि बजारमा अर्को होटलओल्ड ईन खुल्यो । देश विदेशबाट पर्यटक बढ्न थालेपछि हो ।
टलमा लगानी गर्ने लहर चल्यो । पुरातात्विक महत्व बोकेका पुराना घर पनि होटलमा परिणत भए । अहिले बन्दीपुर बजारमा मात्रै नभएर नजिकका डाँडामा पनि होटलका गगनचुम्बी भवन ठड्एिका छन् । ७० बढी ठूलासाना होटल बन्दीपुरमा छन् । बजार छेउछाउमा होमस्टे पनि यथेष्ट खुलेका छन् ।
व्यापारमा उँधो लागेको सहरमा पर्यटन उँभो लाग्यो । त्यस पछि बल्ल बन्दीपुर पर्यटकीय शहर बन्न सफल भएको हो । कोरोना महामारी सुरु हुनभन्दा पहिलेकावर्षहरुमा १ लाख बढी पर्यटक बन्दीपुरउकालो रेकर्ड छ । पृथ्वी राजमार्गको डुम्रेबाट ८ किलोमिटर उकालो चढ्ने रहर जो कोहीलाई हुन्छ । तर, यतिबेला कोरोना कहरले रोकेको छ । कोरोनाकै कारण २ वर्षदेखि पर्यटकीय शहर बन्दीपुर पाहुनाको प्रतीक्षामा छ ।
पर्यटनमा बन्दीपुर जाग्नुको कारण यहाँको मौलिकता हो । मौलिकतालाई जोगाइराख्नुपर्ने चुनौती बन्दीपुरे र बन्दीपुर गाउँपालिकालाई छ । बन्दीपुर बजारमा घर बनाउँदा अनिवार्य मौलिक बनाउनुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको छ ।
गाउँपालिका अध्यक्ष पुर्णसिं थापा भन्छन्, ‘घर बनाउनलाई मापदण्ड बनाएका छौं । रिङरोडको ५ सय मिटरभित्रका घरका लागि प्राचिन प्रकारको इँट्टाको देखाउनुपर्ने । छानो स्लोप गर्नैपर्ने । कौशी निकालेर र टुँडाल राख्नुपर्ने नियम छ ।’ बन्दीपुरलाई मौलिक शहरकै रुपमा जिवन्त राख्ने योजनामा गाउँपालिका रहेको उनको भनाई छ ।
बन्दीपुरमा पर्यटन अझै बढाउन डुम्रे–बन्दीपुर केबलकार निर्माणधिन अवस्थामा छ । चाईनाको ग्रेटवालको झल्को दिने गरी मिनी ग्रेटवाल बन्दैछ । अहिलेसम्म १४ सय मिटर पूरा भएको अध्यक्ष थापाले जनाए । साहसिक पर्यटक डाक्न शिसाको दृश्यावलोकन केन्द्र, स्काई ग्लास ब्रिज, जिपलाईनको अवधारण सारेको छ ।