डा. सुरेश कुमार दिपले देवघाटमा मनाए जन्मदिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    डा. सुरेश कुमार दिपले देवघाटमा मनाए जन्मदिन

    करिश्मा गुरुङ

    २२ आश्विन २०७८, शुक्रबार

    देवघाट : तनहुँको देवघाटमा रहेको बृद्वाश्रममा खाना खुवाउने कार्यक्रमहरू दिनानदिन वृद्धि हुँदै गइरहेको छ । एकपछि अर्को गर्दै दिनदिनै विभिन्न ठाउँका मानिसहरूले खाना खुवाउन आउने गरेको पाइन्छ ।

    लायन्स क्लव अफ चितवन स्पन्दन, ला.क.अ.चितवन चौतारी, ला. क. अ.नवलपुर सम्बृदि र ला.क. अ.गैडाकोट उत्कृष्टको आयोजना र देवघाट स्वास्थ्य चौकी र देवघाट गा.पा को सह-आयोजकमा सञ्चालन गरिएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले जन्मदिन पवित्र तीर्थस्थल देवघाटमा मनाउन आएकामा धन्यवाद दिए ।

    त्यस्तै शुक्रबार पनि भरतपुर महानगरपालिका वडा नं. १० निवासी क्यान्सर हस्पिटलका वरिष्ठ फिजिसयन डाक्टर सुरेश कुमार दिपको जन्मदिनको पावन अवसरमा देवघाट वृद्धाश्रमका बृद्वाबृद्वा आमाबाबुलाई सामु केक काट्दै वृहत् निशुल्क स्वास्थ्य शिविर तथा भोजन खुवाउने कार्यक्रम गरिएको थियो ।

    जन्मोत्सवको दिन अन्यत्र ठाउँमा गएर फजुल खर्च गर्नुभन्दा देवघाट जस्तो पवित्र ठाउँमा गएर मनाउ पाए मनको पनि शान्ति मिल्ने पैसाको पनि सदुपयोग हुने हेतुले देवघाट आएर जन्मदिन मनाएको डा. सुरेस कुमार दिपले बताए । डा. दिपले देवघाटमा अाएर जन्मदिन मनाउन थालेको लगभग ७/८ वर्ष भएको बताए ।

    त्यस्तै खाना खुवाए लगत्तै दिनको १० बजेपछि विभिन्न समस्या लिई बसेका देवघाटका धेरै बृद्वा देखि युवा अवस्था सम्मका व्यक्तिहरूले अाएर चेकजाँचका गरेका थिए । विभिन्न समस्या हाडजोर्नी नशारोग, स्त्रीरोग भएका सामान्य उपचार भएका व्यक्तिहरू लगाएत १४३ जनाले चेकजाँच गराएका थिए । साथै भिडियो एक्सरे समेत उपलब्ध गराएर सेवा दिएका थिए । कार्यक्रम लाएन्स क्लव अफ चितवन स्पन्दनका अध्यक्ष डा.सुरेस कुमार दिपको अध्यक्षतामा समापन गरिएको थियोे ।