अमर्यादित क्रियाकलाप गर्ने शिक्षकलाई कारवाही गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अमर्यादित क्रियाकलाप गर्ने शिक्षकलाई कारवाही गर्न माग

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७८, शनिबार

    दमौली : एकीकृत अखिल नेपाल शिक्षक संगठन तनहुँले अमर्यादित क्रियाकलाप गर्ने शिक्षकलाई कारवाही गर्न माग गरेको छ । शनिबार प्रेस विज्ञप्ती प्रकाशित गरी उक्त संगठनले त्यस्ता क्रियाकलापमा संलग्न रहेका शिक्षक पहिचान गरी कानूनी कारवाही गर्न माग गरेको हो ।

    विभिन्न सञ्चारमाध्यममा शिक्षकहरुको सरुवामा शिक्षक नेताहरुले आर्थिक चलखेल, यौन प्रस्ताव एवं अन्य गतिविधि भएको भन्ने कुरा सार्वजनिक भएको भन्दै विज्ञप्तीमा भनिएको छ, “त्यस्तो अवाञ्छित क्रियाकलाप प्रति हाम्रो गौरवशाली तथा मर्यादीत संगठनको मिति २०७८ कार्तिक ४ गते बसेको बैठकले उक्त क्रियाकलापप्रति खेद प्रकट गर्दछ र उक्त क्रियाकलापबाट संगठन अति मर्माहत भएको छ ।”

    संगठनका अध्यक्ष राजेन्द्र पौडेल र सचिव इश्वरीप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा संगठनका कुनैपनि सदस्य त्यस्ता क्रियकलापहरुमा संलग्न नभएको र कहिँकतै त्यस्तो क्रियाकलापमा संलग्न भएको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

    “साँच्चिकै हाम्रा जिल्लाभित्र त्यस्ता अमर्यादित क्रियाकलाप भए गरेको प्रमाणित भएमा यस्ता विषयवस्तु सार्वजनिक गर्ने व्यक्ति र संचारमाध्यम प्रति आभार व्यक्त गर्दछौं,” विज्ञप्तीमा उल्लेख छ ।