दमाैली : नेकपा एमालेले शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न गरेको छ । तनहुँका दश स्थानीय तहका ८५ मध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बाँकी केही वडामा सर्वसम्मतको पहल भइरहेको छ ।
अधिवेशनबाट नेकपा एमाले व्यास–१ को अध्यक्षमा गणेश खाती, २ को अध्यक्षमा महेन्द्र रिजाल, ३ को अध्यक्षमा जुननारायण श्रेष्ठ, ४ को अध्यक्षमा चिजबहादुर गुरुङ, ५ को अध्यक्षमा राजकुमार श्रेष्ठ विवि, ६ को अध्यक्षमा टोपबहादुर परियार, ९ को अध्यक्षमा रामचन्द्र आचार्य, १० को अध्यक्ष मदन तिमिल्सिना, ११ को अध्यक्षमा सञ्जय श्रेष्ठ, १२ को अध्यक्षमा लालबहादुर अधिकारी, १३ को अध्यक्षमा हिमबहादुर आले र १४ को अध्यक्षमा दिलबहादुर राना चयन भएकाे एमाले व्यास नगरका कार्यालय सचिव अनिल पाण्डेले जानकारी दिए ।
व्यास-७ र ८ मा भने अधिवेशन गर्न बाँकी रहेकाे एमालेले जनाएकाे छ ।