दमाैली : नेकपा एमाले तनहुँको शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न भएको छ । दश स्थानीय तहका ८५ वडामध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । केही वडामा भने सर्वसम्मतको पहल भइरहेको छ ।
एमाले तनहुँकी सचिव भगवती न्यौपानेका अनुसार भानु नगरपालिका वडा नं १ को अध्यक्षमा प्रेम थापा, २ को अध्यक्षमा सन्तोष श्रेष्ठ, ३ को अध्यक्षमा यमबहादुर गुरुङ, ४ को अध्यक्षमा पदमबहादुर रानाभाट, ५ को अध्यक्षमा भरत अधिकारी, ६ को अध्यक्षमा बालकृष्ण खत्री, ७ को अध्यक्षमा सन्तबहादुर थापा, ९ को अध्यक्षमा मिन गुरुङ, १० को अध्यक्षमा विष्णु पाण्डे, ११ को अध्यक्षमा रामप्रसाद अधिकारी, १२ को अध्यक्षमा शम्सेर लम्साल र १३ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् ।
बन्दिपुर गाउँपालिका वडा नं १ को अध्यक्षमा शिवकुमार श्रेष्ठ, २ को अध्यक्षमा कृष्णबहादुर कार्की, ३ को अध्यक्षमा खेमराज भट्टराई, ४ को अध्यक्षमा भिम घले, ५ को अध्यक्षमा सुकबहादुर थापा र ६ को अध्यक्षमा सबल बहादुर गुरुङ चयन भएका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं १ को अध्यक्षमा बद्री शर्मा, २ को अध्यक्षमा सम्झना विक, ३ को अध्यक्षमा राजाराम केसी, ४ को अध्यक्षमा भिमबहादुर आले, ५ को अध्यक्षमा सन्तोष मगर र ६ को दिलीप गुरुङ चयन भएका छन् ।
देवघाट गाउँपािलका वडा नं १ को अध्यक्षमा थमबहादुर थापा, ४ को अध्यक्षमा तीर्थलाल गुरुङ र ५ को अध्यक्षमा गणेश थापा चयन भएका छन् । व्यास नगरपालिका वडा नं १ को अध्यक्षमा गणेश खाती, २ को अध्यक्षमा महेन्द्र रिजाल, ३ को अध्यक्षमा जुननारायण श्रेष्ठ, ४ को अध्यक्षमा चिजबहादुर गुरुङ, ५ को अध्यक्षमा राजकुमार श्रेष्ठ विवि, ६ को अध्यक्षमा टोपबहादुर परियार, ९ को अध्यक्षमा रामचन्द्र आचार्य, १० को अध्यक्ष मदन तिमिल्सिना, ११ को अध्यक्षमा सञ्जय श्रेष्ठ, १२ को अध्यक्षमा लालबहादुर अधिकारी, १३ को अध्यक्षमा हिमबहादुर आले र १४ को अध्यक्षमा दिलबहादुर राना चयन भएका छन् ।