एमाले वडा अधिवेशन : शुक्लागण्डकीमा पुरानै अनुहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले वडा अधिवेशन : शुक्लागण्डकीमा पुरानै अनुहार

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७८, शनिबार

    दुलेगौँडा : नेकपा एमालेको वडा अधिवेशनले शुक्लागण्डकीको १२ वटा वडामा नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट नगरका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
    शुक्लागण्डकी–१ मा मनबहादुर गुरुङको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

    वडा नम्बर २ को अध्यक्षमा पर्शुराम खनाल, ३ मा राजन रिमाल, ४ मा बिष्णुबहादुर राना, ५ मा प्रकाश तिम्सिना, ६ मा माधव अधिकारी, ७ मा दिपेन्द्र केसी अध्यक्ष बनेका छन् । वडा नम्बर ८ मा मोहन पौडेल, ९ मा गिता महत, १० मा मदन थापा, ११ मा कृष्णप्रसाद शर्मा र १२ मा चुमबहादुर उच्चै अध्यक्ष बनेका छन् ।


    वडा कमिटिका अध्यक्ष सबै पुरानै नेता हुन् । कुनै पनि वडामा नयाँ पुस्ता वडा कमिटि अध्यक्ष भएका छैनन् । वडा नम्बर १, ३, ६, ८, १० र ११ मा माओवादी केन्द्रसँग एकता प्रकृया भंग भएपछि पुर्नगठित एमाले वडा कमिटिका अध्यक्षले नै निरन्तरता पाएका छन् । वडा कमिटिमा अध्यक्ष सहित उपाध्यक्ष र सचिव १÷१ जना, उपसचिव २ जना निर्वाचित भएका छन् । ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।


    यस्तै वडा अधिवेशनले पालिका अधिवेशनको लागि प्रतिनिधी पनि चयन गरेको छ । क्रियाशिल सदस्यताको आधारमा प्रत्येक वडाबाट २० देखी ३५ जनासम्म पालिका प्रतिनिधी छानिएको एमाले शुक्लागण्डकी नगर कमिटि अध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । ९ कात्तिकमा देशभर एमालेको पालिका अधिवशेन हुदैँछ ।