देउराली नगर आमा समूहको अध्यक्षमा पुन: रानाभाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    देउराली नगर आमा समूहको अध्यक्षमा पुन: रानाभाट

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार


    दमौली: व्यास- ३ स्थित देउराली नगर आमा समूहको सातौं साधारण सभा एवं चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

    अधिवेशनले पुन: श्रीमाया रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिनमाया रानाभाट, सचिवमा रञ्जना मल्ल, कोषाध्यक्षमा पार्वती वंशी, सहसचिवमा ममता थापा र सदस्यहरुमा चन्द्रा मल्ल थापा, पद्यमा प्रधान श्रेष्ठ, शान्ता प्रभासोती, मुना रानाभाट, लालमाया पाटा, तारामाया परियार, विष्णुमाया बराली, सुस्मिता सुन्दास परियार, मञ्जु आले, सुनिता पोख्रेल र मधुमाया रानाभाट चयन भएको सल्लाहकार मायादेवी सोतीले जानकारी दिइन् ।

    साधारण सभाको जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले उद्घाटन गर्दै आमा समूहले रचनात्मक काम गर्दै आएको बताइन् । उनले आमा समुह संगठित हुदाँ समाजिक देखि आर्थिक परिवर्तनमा मद्धत पुग्ने विश्वास व्यक्त गरिन् । महिलाले राजनीतिक चासो राख्नु पर्नेमा जोड दिदै पितृसत्तात्म सोच अन्त्यमा महिलाले नै महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा पौडेलले आग्रह थियो ।

    व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले परिवर्तनको संवाहक महिला बन्नु पर्नेमा सुझाइन् । उनले राजनीतिक चेतनाले महिलालाई सशक्त बन्न सघाउने बताइन् । संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि राजनीतिक भूमिका निर्वाहमा कहि न कहि पुरुष बाधक बन्ने गरेको जोशीको गुनासो थियो ।

    व्यास- ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठले आमा समुहलाई आर्थिक, राजनैतिक एवं सामाजिक रुपमा सशक्त बनाउन वडा कार्यालय सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा शिक्षाविद् विना कैनी, समुहकी सल्लाहकार माया सोती, समाजसेवीहरु मुमबहादुर वंशी ठकुरी, ध्रुवकान्त पौडेल, शिव पाञ्चयन मा विका प्रधानाध्यापक बलराम वाग्ले, संस्थाकी निवर्तमान अध्यक्ष मान कुमारी श्रेष्ठ, शिव कुमारी गिरी, इन्द्रमाया, गरुङ, तारादेवी खण्डलु थापा मगर पत्रकार अन्जना तिमल्सेना लगायतले बोलेका थिए । आमा समुहकी अध्यक्ष श्रीमाया रानाभाटको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य माया थापाले स्वागत, कोषाध्यक्ष पार्वती थापा प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव रञ्जना मल्ले गरेकी थिइन् ।