अबुधाबी डायलग’मा सहभागी हुन श्रममन्त्री श्रेष्ठ युएई प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अबुधाबी डायलग’मा सहभागी हुन श्रममन्त्री श्रेष्ठ युएई प्रस्थान

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई प्रस्थान गरेका छन् । अक्टोबर २५ देखि २९ सम्म हुन लागेको छैठौ मन्त्रिस्तरीय अबुधाबी डायलगमा सहभागी हुन मन्त्री श्रेष्ठ आइतबार युएई प्रस्थान गरेका हुन् ।

    श्रमिक पठाउने र श्रमिक लिने देशहरुको मन्त्रीस्तरीय बैठकमा श्रमिक पठाउने मुलुकहरुको तर्फबाट नेपाल सहित भारत, श्रीलङ्का, पाकिस्तान, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतमानका श्रममन्त्रीहरुको उपस्थिति रहनेछ । त्यस्तै श्रमिक लिने मुलुकहरुको तर्फबाट युएई, कुवेत, मलेसिया, कतार, साउदी अरब, बहराईन र ओमानका मन्त्रीहरुको उक्त बैठकमा सहभागिता रहनेछ ।

    बैठकमा श्रमिक आपूर्ति प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकहरुको हकहित र सामाजिक सुरक्षाको विषयलाई उठाईने मन्त्री श्रेष्ठले बताए । बैठकमा अवैध कामदारको रोकथामको विषयमा पनि छलफल हुने बताइएको छ । भ्रमणको अवसरमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिक र विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिहरुसँग पनि भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

    युएइ प्रस्थान गर्नु अगाडी मन्त्री श्रेष्ठले विमानस्थलमा रहेको सूचना तथा सहायता कक्षको निरीक्षण गरेका छन् ।