व्यासमा भेरोसेलको दोस्रो मात्रा कात्तिक ९ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा भेरोसेलको दोस्रो मात्रा कात्तिक ९ गते

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    दमौली : व्यास नगरपालिकामा कात्तिक ९ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ७ गते पहिलो मात्रा लगाएकाहरुलाई कात्तिक ९ गते दोस्रो मात्रा लगाउन लागिएको हो।

    व्यास नगरपालिकाका २४ स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक र १८ वर्षमाथिका विद्यार्थीलाई खोप लगाइनेछ ।