एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै पराजित

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    एजेन्सी : सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो ।

    खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । 

    इन्जुरी समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो । जीतसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना लिगको आठौँ स्थानमा सिमित बनेको छ ।