घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलको जितमा सलाहको ह्याट्रिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलको जितमा सलाहको ह्याट्रिक

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    एजेन्सी : इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड ५-० को फराकिलो अन्तरले पराजित भएको हो।

    खेलको ५ औं मिनेटमै मोहम्मद सलाहको पासमा नाबी केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै १३ औं मिनेटमा डिएगो जोटाले अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै सलाहले ३८ औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दा पहिलो हाफमा लिभरपुल ४ गोलले अघि रह्यो। दोस्रो हाफमा सलाहले अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे। उनले खेलको ५० औं मिनेटमा हेन्डरसनको पासमा गोल गरेका थिए।

    उता युनाइटेडका पउल पोग्बा ६० औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिँदा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।