दमौली: नेकपा एमालेले मंगलबार देशैभर एकसाथ पालिकाको अधिवेशन गर्दैछ । वडा अधिवेशन सकाएको एमालेले आज पालिका तहको अधिवेशन गर्न लागेको हो ।
तनहुँका चार नगरपालिका र ६ गाउँपालिकामा पनि आज अधिवेशन हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी सकिएको एमाले तनहुँले जनाएको छ ।
एमाले व्यास नगर कमिटीको अध्यक्षका लागि सात जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । अध्यक्षका लागि अनिल पाण्डे, बसुन्धरा घर्ती, तुल्सीराम पाण्डे, इश्वरबहादुर विष्ट, ऋषिराम भुषाल, प्रेम पौडेल र ज्ञानेन्द्र बसौलाले दावी प्रस्तुत गरेका छन् ।