रुम टु रिडद्वारा शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रुम टु रिडद्वारा शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, मंगलवार

    दमाैली : रुम टु रिड क्षेत्रीय कार्यालय तनहुँले शैक्षिक सामग्री सहयोग गरेको छ । रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अन्तर्गत दमौली स्थित सत्यवती माविका २६ बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

    विव्यस अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेष्ठले यस सहयोगबाट बालिकाहरुलाई थप उर्जा मिलेको र वालिकाहरुलाई यस सहयोगको सहि सदुपयोग गर्दै आफ्नो शैक्षिक गुणस्तर बढाउन आग्रह समेत गरे ।

    कार्यक्रममा विद्यालयका प्रअ इन्द्र प्रसाद पौडेल, बालिका शिक्षा कार्यक्रमका कर्मचारी लक्ष्मी नेपाल, अप्सरा राना, सिर्जना पराजुली र संगिता पोख्रेल लगायतको सहभागीता रहेको थियो ।

    बालिकाहरुको पारिवारिक आर्थिक अवस्था सर्वेक्षण गरि विभिन्न श्रेणीमा विभाजन गरि श्रेणी ए र बि मा परेका २६ जना बालिकाहरुलाई सहयोग गरिएको बालिका शिक्षा कार्यक्रमकी सामाजिक परिचालक संगिता पोख्रेलले बताइन् । श्रेणी ए अन्तर्गत ५ जना र श्रेणी बि अन्तर्गत २१ जना वालिका सहयोगको लागि छनौट गरिएको पोख्रेलले बताइन ।

    श्रेणी ए अन्तर्गत वालिकाहरुले विद्यालयमा तिर्नुपर्ने सम्पूर्ण शैक्षिक शुल्क, १ वर्षलाई पर्याप्त कापि कलम, एक सेट ड्रेस, जुत्ता, झोला र स्वीटर रहेको छ । श्रेणी बि अन्तर्गत विद्यालयमा तिर्नुपर्ने सम्पूर्ण शैक्षिक शुल्कको ६० प्रतिशत तथा सोहि अनुरुपको शैक्षिक सामाग्री सहयोग गरिने अर्कि परिचालक लक्ष्मी नेपालले बताइन । नेपालले वालिकाहरुलाई सो शैक्षिक सामाग्री दुई किस्तामा दिइने र यो सहयोग पहिलो किस्ता अनुरुप वितरण गरिएको बताइन् ।