वन मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वन मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, मंगलवार

    दमाैली : वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक किहुँ गाविस हाल भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजलाई मङ्गलबार पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालत पेश गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    निज विरुद्ध जिल्ला अदालतले विसं २०७५ चैत १२ गते दुई महिना पाँच दिन कैद र रु दुई लाख ३३ हजार जरीवानाको फैसला सुनाएको थियो ।