एमालेको पालिका अधिवेशन : कतै सम्पन्न, कतै स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको पालिका अधिवेशन : कतै सम्पन्न, कतै स्थगित

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७८, मंगलवार

    दुलेगाैडा : सङ्घीयता कार्यान्वयन पछि नेकपा एमालेको पालिका अधिवेशन मंगलबार देशभर एकसाथ सुरु भएको छ । तनहुँका सात पालिकामा पनि मंगलबारदेखि नै सुरु भएको छ ।

    समाचार तयार पार्दासम्म तीन पालिकामा मात्रै नेतृत्वको टुंगो लागेको छ । एक स्थानीय तहमा सुरु भएर पनि स्थगित भएको छ ।

    बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । आँबुखैरेनी गाउँपालिकाले महिला अध्यक्ष पाएको छ । मंगलबार भएको अधिवेशनले मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी चयन गरेको हो । उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, उपसचिवमा पूर्णबहादुर आले र जमालदिन मियाँ चयन भएका छन् ।

    बन्दीपुरमा सुरेन्द्र थापाको अध्यक्षतामा ६७ सदस्यीय गाउँ कमिटी चयन भएको हो । उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, उपसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन भएका छन् ।

    शुक्लागण्डकी नगरपालिकाले अध्यक्षमा मुक्ति तिम्लिसिना र सचिवमा रघुनाथ पौडेल सर्वसम्मत चयन गरेको छ । अन्य पदका लागि समाचार तयार हुँदासम्म सहमतिको प्रयास भइरहेको थियो । व्यास नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकामा भने अधिवेशन सम्पन्न भएको छैन् । समाचार तयार पार्दासम्म सहमतिको प्रयास भईरहेको थियो ।

    घिरिङ गाउँपालिकामा भने अधिवेशन सुरु भएर १५ गतेसम्मलाई स्थगीत गरिएको छ । पालिका प्रतिनिधि छनोट लगायतका काम अधुरो रहेकाले अधिवेशन सुरु भएपनि स्थगित गरिएको जनाईएको छ ।

    ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको भने यसअगाडी नै मंगलबार अधिवेशन नगर्ने यय भएको हो । अब ऋषिङको ११, देवघाटको १४ र म्याग्देको १५ गते अधिवेशन हुने एमाले तनहुँले जनाएको छ ।