दमौली : नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी चयन भएका छन् । मंगलबार सम्पन्न नगर अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्षका लागि वीरेन्द्र अधिकारी र तुल्सीराम पाण्डेबीच अन्तिम समयमा सहमति भएको हो।
अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन भएका छन् ।