धान पाकेर पहेँलपुर (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    धान पाकेर पहेँलपुर (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, बुधबार

    दुलेगाैडा : तनहुँका फाँटहरुमा लगाईएको धान पाकेर यतिबेला पहेँलपुर भएको छ । कात्तिकको सुरुवातसँगै परेको बेमौसमी वर्षाले तर्साएको किसानले पाकेको धान काट्न सकेका छैनन् ।

    निर्धक्कले धान काट्नलाई मौसमले साथ नदिएपछि किसान दोधारमा छन्, धान काट्ने कि नकाट्ने भनेर । धान काट्दा पनि बिग्रन्छ की, नकाट्दा पनि बिग्रन्छ की भन्ने चिन्तामा किसान छन् । तनहुँको ढोरफिर्दी फाँटमा धान पहेँलपुर भएपछि केही किसानले जे पर्ला टर्ला भनेर काट्न थालेका छन् ।