सात लायन्स क्लबको संयुक्त पदस्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सात लायन्स क्लबको संयुक्त पदस्थापना

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७८, बिहीबार

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा रहेका लायन्स क्लबका पदाधिकारीको संयुक्त पदस्थापना गरिएको छ । बुधबार साँझ दुलेगौँडामा आयोजित एक कार्यक्रममा यहाँका सात लायन्स क्लबका पदाधिकारीको पदस्थापना गरिएको छ ।

    लायन्स क्लब अफ तनहुँ खैरेनीटार, तनहुँ शुक्लागण्डकी टाउन, शुक्लागण्डकी, दुलेगौँडा खैरेनीटार सिटी, तनहुँ बेलचौतारा, तनहुँ म्याग्दे र भिमाद ग्रिनसिटीका पदाधिकारीको पदस्थापना गरिएको हो । यी क्लब डिष्ट्रिक ३२५ बि १ नेपालको कलष्टर १४ रिजन ३० का चियर पर्सन प्रदिप थापा अन्तर्गतका हुन् ।

    पदस्थापना कार्यक्रममा बोल्दै डिष्ट्रिक ३२५ बि १ नेपालका गर्भनर विश्वेश्वर आचार्यले लायन्स क्लबले दिगो विकाससँग जोडिएर कार्यक्रम गर्नुपर्ने बताए । ‘राहतमुखी काम भन्दा पनि दिनदुखीको मुहारमा खुशी ल्याउन आत्मनिर्भर बनाउने कार्यक्रम गर्न लायन्स लाग्नुपर्छ’, उनले भने । उद्यमशील र आत्मनिर्भर बनाउन लायन्सले यस वर्षदेखि लायन्स नमुना गाउँ सुरु गरेको उनले बताए । व्यक्तित्व र नेतृत्व विकासमा लायन्स लाग्नुपर्नेमा उनको जोड छ ।

    ३२५ वि १ नेपालका कोषाध्यक्ष पृथ्वीराज तिम्लिसिना समाजसेवामा लायन्सको भूमिका महत्वपूर्ण रहेको बताए । लायन्स नमुना गाउँ तनहुँका प्रमुख कृष्णप्रसाद पौडेल ‐पिके) ले लायन्स नमुना गाउँले लायन्सको पहिचान बढाउने जनाए ।

    रिजन चेयर पर्सन प्रदिप थापाले समाजमा रहेका दिनदुखीको सेवामा लायन्स लागिरहेको बताए । एमजेएफ लायन बुद्धिबहादुर थापाले लायन्स क्लबलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

    सो अवसरमा बर्ष २०२०÷२१ का अध्यक्षले आफ्नो क्लबले बर्षभर गरेका कार्याक्रमबारे जानकारी दिएका थिए । बर्ष २०२१÷२२ का अध्यक्षले आफ्नो कार्याकालमा गर्ने योजनाको फेहरिस्त प्रस्तुत गरे ।