दरगामका किसानलाई कुखुराको खोर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    दरगामका किसानलाई कुखुराको खोर

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७८, बिहीबार

    दुलेगौँडा : लोकल कुखुरा पालनमा आकर्षित गरेर किसानको आर्थिकस्तर उकास्न कुखुराको खोर वितरण गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ दरगामका किसानलाई कुखुराको खोर वितरण गरिएको हो । दरगाम खैरेनीटार बजारबाट नजिकैको गाउँ हो ।

    वडा कार्यालयले दरगामका ३० घरधुरी किसानलाई कुखुराको खोर वितरण गरेको वडा सदस्य बुद्धिबहादुर थापाले बताए । प्रत्येक घरलाई नौ हजार पाँच सय रुपैयाँको दरले निर्माण भएको खोर दिईएको हो । कुखुराको खोर सुधार गर्न वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटले दरगाम कालिका कृषि तथा पशुपंक्षी कृषक समूहमार्फत् लोकल कुखुरा पालनमा प्रोत्साहन गर्न खोर उपलब्ध गराईएको छ ।

    जनप्रतिनिधि निर्वाचित भएर आएपछि शुक्लागण्डकी नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रममार्फत यो वडाको माथिल्लो भेगमा लोकल कुखुराकोको कार्यक्रम सुरु गरेको थियो । बजारभन्दा धेरै माथि भएको कार्यक्रम प्रभावित भएको वडासदस्य थापा बताउँछन् । उनी भन्छन्, ‘माथिल्लो भेगमा त्यति सफल नभएपछि भेटीरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँसँगको सहकार्यमा तीन बर्षदेखी दरगाम क्षेत्रमा लोकल कुखुरा पकेट क्षेत्र कार्यक्रम सञ्चालन भईरहेको छ । यसपाली वडाले पनि बजेट विनियोजन गरेर खोर निर्माणमा सहयोग गरेका हौँ ।’ पछिल्लो बर्ष यहाँ लोकल कुखुरा उत्पादनमा बृद्धी भईरहेको उनको दाबी छ ।

    आर्थिक बर्ष २०७५/७६ मा भेटीरेनरी अस्पतालले तीन लाख रुपैयाँ अनुदान दिएर कार्यक्रम सुरु भएको थियो । दोस्रो वर्षमा तीन लाख र तेस्रो बर्षमा दुई लाख ५० हजार रुपैयाँ अनुदान आएको थियो । यसपाली वडाले तीन लाख रुपैयाँ विनियोजन गरेर खोर सुधारमा सघाएको हो । दरगाम कालिका कृषि तथा पशुपंक्षी कृषक समुहमा भण्डै एक सय कृषक आबद्ध छन् ।