


दुलेगौँडा : नेकपा एमाले शुक्लागण्डकी नगर कमिटिको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बुधबार खैरेनीटार साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा बसेको बैठकले आठ जना सदस्य मनोनित गरेको छ ।
कात्तिक ९ गते भएको प्रथम ऐतिहासिक नगर अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको थियो । बुधबार आठ सदस्य थप गरिएको हो । तीर्थराज खनाल, रामचन्द्र भण्डारी, धर्मप्रकाश तिम्लिसिना, बाबुराम कार्की, विमलप्रसाद रिमाल, समसुल दिन मियाँ, नारायणकुमार श्रेष्ठ र दिपकसिंह महतलाई मनोनित गरिएको हो । यस्तै तीर्थराज खनाललाई नगर कमिटी कार्यालय सचिवको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको जनाईएको छ ।