अरनिकोमा अङ्ग्रेजी माध्यम पठनपाठनका लागि अधिकारीद्वारा ५१ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    अरनिकोमा अङ्ग्रेजी माध्यम पठनपाठनका लागि अधिकारीद्वारा ५१ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७८, शुक्रबार

    दमौली : तनहुँको भानु नगरपालिका-१३ ठूल्ढुंगास्थित अरनिको माध्यमिक विद्यालयमा अंग्रेजी माध्यम पठनपाठनका लागि अमेरिकामा रहेका राजु अधिकारीले ५१ हजार सहयोग गरेका छन् ।

    पूर्व विद्यार्थी मन्चको आव्हान बमोजिम अधिकारीले विद्यालयलाई ५१ हजार सहयोग उपलब्ध गराएका हुन् । भानु-१३ तीनघरे निवासी अधिकारी सोही विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षक समेत हुन् ।

    पूर्व विद्यार्थी मन्चका अध्यक्ष गलबहादुर गुरुङले अंग्रेजी माध्यम सञ्चालन गर्न रकम आवश्यक भएपछि सहयोग जुट्न थालेको जानकारी दिए ।

    वार्षिक रुपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसको लागि विद्यालयको आर्थिक श्रोतले नसकिने भएपछि अक्षयकोष स्थापना अभियान सुरु गरिएको छ ।